डुबानमा झापा, बाढीले विपद्
- गाउँ सहर संवाददाता
- १४ असार मंगलबार, २०७९ | १८:५८:०० मा प्रकाशित
काठमाडाैं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना भएका छन् ।
झापामा दुई सयभन्दा धेरै घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् । गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आएको प्रहरीले जनाएको छ । यो ठाउँमा ४ र ५ नम्बर वडाका ५० घर डुबानमा परेका छन् ।
त्यस्तै भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले सय बढी घर डुबाएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा पारेको छ भने झापा–१ मिलनबस्तीका ९० घर डुबानमा परेका छन् । यस्तै गौरीगञ्ज ४ का १५ घर डुबानमा परेपछि बाढी पीडितहरूलाई नजिकैको स्कुलमा सारिएको छ । शिवसताक्षी नगर ४ को एक ब्रोइलर कुखुरा फर्ममा बाढी पस्दा १२ सय कुखुरा मरेका छन् ।
बाह्रदशी गाउँपालिका २ गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म जिल्लामा मानवीय क्षति भने भएको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस