वर्षाले नदीकाे बहाव बढ्ने भन्दै यी जिल्लाका बासिन्दा सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | ०६:२३:०० मा प्रकाशित
काठमाडाैं । निरन्तर वर्षाले नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेकाे भन्दै नदीतटीय क्षेत्रमा बसाेबास गर्ने विभिन्न जिल्लाका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठूलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हाे ।
पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठूलो वर्षा भएको महाशाखा तथ्यांक छ ।
थप वर्षा हुने भएकाले ती जिल्लामा बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस