दिगोविकास

हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन, आजदेखि भर्न सकिने

काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि १९ करोड ६८ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।

कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा ९ लाख कित्तामध्ये अवितरित २ लाख ८१ हजार ७५० कित्ता मात्र बिक्री भएकाले ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २५० कित्ता बिक्रीमा ल्याउएको हो ।

कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा असार २९ गतसम्म आईपीओ खुला रहनेछ ।

आईपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत