बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो ?
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | ०९:२८:०० मा प्रकाशित
काठमाडौँ । बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो ? महानगरको हटलाइन ११८० मा नागरिकले प्रश्न सोधेका छन् । शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खानु ? शंखमुलबाट फोन गर्ने व्यक्तिले प्रश्न थियो । यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, ‘पानी जहाँको होस, उमालेर मात्र प्रयोग गर्नुहोस् ।’
हटलाइनमा बेलुका ६ बजेदेखि फोन आउन थालेको हो । फोनमा जिज्ञासुहरुले काठमाडौँका कुन — कुन ठाउँमा हैजा फैलिएको छ? ब्लिचिङ् पाउडर के हो? कसरी प्रयोग गर्ने, यो पाउडर वितरण भएको छ कि छैन ? पानी जाँच कहाँ गर्ने ? हैजाका लक्षण के हुन् ? प्राथमिक उपचार के गर्ने ?, घरमै केही औषधि छ कि जस्ता जस्ता प्रश्न गरेका थिए । त्यसैगरी पानी कसरी शुद्ध गर्ने ?, शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन ? जस्ता जानकारी मागेका थिए ।
महानगरले कल सेन्टरमा स्वास्थ्य सम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नम्बर ११८० सञ्चालन गरेको छ ।
महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ । यसका लागि हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको छ ।
हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस