अनेसास महासचिवको उम्मेदवार कृष्ण कुमार गिरीको घोषणा
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | ०९:४९:०० मा प्रकाशित
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको महासचिव पदका लागि साहित्यकार कृष्ण कुमार गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै गिरीले हाम्रो अनि राम्रो अनेसास सफल सबल र अशल अनेसास, पारदर्शी तथा समृद्ध अनेसास बनाएर नेतृत्व गर्नु आफ्नो उद्देश्य रहेको बताउँदै यसप्रतिको जनमनको चिन्ता र चासोलाई सकारात्मक रूपमा लिएकाे उनले बताए । उनले भने "यो नेपाली भाषा, साहित्य, संस्कृति र कलाप्रतिको विशेष अनुराग र अनेसासप्रतिको न्यानो मायाको ध्योतक हो भनेर मैले लिएको छु । यस भावनालाई अनेसासको एउटा सच्चा सिपाहीको हैसियतले म उच्च सम्मान गर्दछु।"
निर्वाचनले संगठन अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता लिने कुरा स्वभाविक नै भएकाे बताउँदै गिरीले निर्वाचनमा विजेता र उप विजेता हुनु पनि स्वाभाविकै रहेकाे बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस