कांग्रेसका उपसभापति धनराज गुरुङसहित पाँच जना चढेकाे गाडी दुर्घटना
- गाउँ सहर संवाददाता
- १६ असार बिहीबार, २०७९ | ११:०५:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेकाे गाडी दुर्घटना भएकाे छ ।
दाेलखाबाट रामेछाप फर्कने क्रममा उपसभापति गुरूङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना चढेकाे बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान दुर्घटना भएकाे छ ।
महाधिवेशन प्रतिनिधि रत्न कार्कीका अनुसार गाडी सामान्य दुर्घटना भएकाे तर भाग्यवश हामी ठूलो दुर्घटना बचेकाे बताए ।
गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट चिप्लिएर तल झरेको छ ।
उपसभापति ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं’ लेखेका छन् ।
दुर्घटनामा परे पनि अहिले सबै सकुशल रहेको कार्कीले जानकारी दिए ।
उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर रामेछापकाे कार्यक्रममा सहभागी हुन फर्किंदै थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतारी अमिरको नेपाल भ्रमणकति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
प्रतिकृया दिनुहोस