स्वास्थ्य

कति छन् देशभर कोरोनाका सक्रिय बिरामी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ५५ संक्रमित थपिएका छन् । दुई हजार ६९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८० छ ।

यो अवधिमा तीन लाख १६ हजार ४७७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत