गाउँ सहर

सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडाैँ । असार १८ विहान ५ बजे नेपाल बाढी सूचनाका अनुसार सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको रहेको छ । मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै झापाको शनिश्चरे,चन्द्रगढी लगायत इलाम, झापाको सीमा आसपास केही स्थानहरूमा भारी वर्षा भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत