नेपालमा विदेशी र स्वदेशी ऋण बढेर गएकोमा चिन्ता - डा. लाेहनी
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | ०७:२३:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा विदेशी र स्वदेशी ऋण बढेर गएकोमा चिन्ता बढेकाे राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले बताएका छन् । सामाजिक सञ्जालमा विचार प्रस्तुत गर्दै उनले २ ऋण बढेको प्रसंग उठाउँदै ऋणको कसरी उपयोग भइरहेको छ भन्ने कुरो झन् महत्वपूर्ण रहेकाे बताएका हुन् ।
उनले भनेका छन्, "नेपालका शासकहरुले ऋण आफ्नो स्वार्थको लागि धेरै दुरुपयोग गरेका छन् । त्यसैले थोरै "अग्रगामी " नव सामन्तहरु अकुत सम्पति कमाएर मोटाएका छन् र आम नेपाली दुब्लँदै गएका छन् । यसैकारण राज्यको ऋण तिर्न सक्ने क्षमतामा संकट आउने देखिन्छ । यो भनेको श्रीलंकाको बाटो मा लाग्नु हो ।"
डा. लाेहनीले जबसम्म शासकहरुले राजनीतिलाई पैसा कमाउने व्यापारको रुपमा प्रयोग गर्छन तबसम्म थितिमा सुधार आउन गाह्रो रहेकाे बताए । उनले भने, "शासनमा राज्य सत्तालाई भ्रष्टाचार गरेर पैसा कमाउने मेसिन बनाउने र भाषणमा भने महा इमान्दार हुने पाखण्डी झुण्डहरुलाई अब हामी नेपालीले रोक्न नसक्ने हो भने देश संकटमा जाने स्पष्ट छ ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस