पाँचथरमा पहिरोमा हराइरहेका एकैघरका ३ जनामध्ये २ जनाको शव फेला
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | ०९:४६:०० मा प्रकाशित
काठमाडौं । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरका एकै परिवारका ३ जनामध्ये २ जनाको शव फेला परेको छ ।
फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए ।
पहिरोमा बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल र अर्का १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखर प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए।
पहिरोले घर बगाउँदा ४२ वर्षीय रुपलाल मगर, रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर बेपत्ता भएका थिए ।
पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
उद्धारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। शुक्रबार राति करिब १० बजेतिर पहिरो जाँदा घर बगाएको थियो।
स्थानीयका अनुसार पहिरोले घरसँगै रहेको गोठ समेत बगाँउदा पशु–चौपाया पनि मरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस