गाउँ सहर

आईएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सका ग्राहकहरूले ग्यालेक्सी स्पेसियालिटी महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः एक्सरे, यूएसजी, ईसीजी, ईसीएचओलगायतका सेवाहरूमा १० प्रतिशत र ओपीडी सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसियालिटीसँग आबद्ध ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने जानकारी गराए ।

गाउँ सहर संवाददाता

तपाईँको मत