गाउँ सहर

रामेछापमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

काठमाडाैँ । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको निधन भएको छ । दुर्घटनामा परी २१ भन्दा बढी घाइते भएका छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौँ तर्फ जाँदै गरेको वस लुभुघाटमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटनामा परी ९ जनाको दुर्घटनास्थलमै मृत्यु भएको गाउँ सहर डटकमलाई जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत