जाबाे सियाे ! भनेर के गर्नु, ११ महिनामै एक करोड ३० लाखभन्दा बढीको आयात
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १२:४९:०० मा प्रकाशित
काठमाडाैं । सुन्दा सामान् लाग्छ सियाे । कति नै पर्छ र ?
नेपालको स्वदेशी उत्पादन कति कमजोर छ भन्ने उदाहरण पेश गर्दा सधैं भन्ने गरिन्छ, ‘सियोसमेत विदेशबाट आयात गर्नुपर्छ ।’
हो, वर्षौंदेखिको यो भनाइ अहिले पनि उत्तिकै सत्य छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको वर्तमान सरकारले पनि सियो जस्तो ‘मामुली’ चिजलाई ध्यान दिएको छैन ।
तर कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ ।
हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ ।
कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस