बीमा रकम सोध भर्ना छिटै गरिने
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १८:०६:०० मा प्रकाशित
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलासँग भेटी ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार ख्वप अस्पतालबाट बीमामा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको सोधभर्ना प्राप्त हुन बाँकी रकम निकासा गर्ने विषयमा बुधबार छलफल गरेका छन् ।
प्रमुख प्रजापतिले हालसम्म स्वास्थ्य बीमा बोर्डबाट ६ करोड ६४ लाख ३८ हजार ४५२।८६ रुपैयाँ सोधभर्ना प्राप्त गर्न बाँकी देखिएको र सो रकम निकासाको लागि आग्रह गर्दै सोधभर्ना समयमै प्राप्त नहुँदा अस्पताललाई आर्थिक समस्या परेको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमले सरकारी अस्पतालहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउँहुँदै व्यापक जनता यस सेवाबाट लाभान्वित भइरहेकोमा समयमै बीमा रकम सोधभर्ना गर्न बोर्ड क्रियाशील हुनुपर्ने बताए ।
भेटमा कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको पैसा भुक्तानी र बजेट निकासा समयमै नहुँदा धेरै अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम पत्र पठाएर सेवा बन्द गर्ने गरेको बताउँहुँदै भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको र आगामी आसोजसम्ममा भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाए । उनले बीमितको संख्या बढ्दै जाँदा समयमै भुक्तानी गर्न नसकिएको बताउँदै जनशक्ति अभावका कारण पनि भुक्तानी दिन ढिलाइ भइरहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
प्रतिकृया दिनुहोस