गाउँ सहर

५ हजार ९४३ जनाले गरे आत्महत्या, प्रदेश–१ मा सबैभन्दा धेरै

काठमाडाैँ । चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सबैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए ।

प्रदेश–१ मा सबैभन्दा धेरै १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या रोजेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौँ उपत्यकामा ३४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयकाअनुसार विष खाएर ८ सय ९७ जनाले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेमा मधेश प्रदेशमा सबैभन्दा धेरै अर्थात १६१ जना छन् । आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हात–हतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत