स्वास्थ्य

काेराेनाका सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्याे

काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच सय नाघेकाे छ । 

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या ५०८ पुगेको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत