१९ सयमा ओर्लियो नेप्से, लगानीकर्ता निराश
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १३:१२:०० मा प्रकाशित
काठमाडौं । बिहीबार दाेहाेराेले घटेकाे शेयरबजार शुक्रबार पनि निरन्तर रह्याे ।
साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घट्दा १९ सयमुनि ओर्लियो छ ।
आज नेप्से ३४.७१ अंकले घटेर एक हजार ९ सय ९२ दशमलब ६१ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब १६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार मध्ये तीन कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । ग्लोबल आईएमई समुन्नत स्किम १, नबिल इन्क्युटी फण्ड र केबीएल डिभेञ्चरको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । यसको शेयरमूल्य आज २ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ५ करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।
यस दिन १९४ स्टकको मूल्य घटेको छ भने १९ स्टकको मूल्य बढेको छ। बाँकी ४ स्टकको मूल्य यस दिन स्थिर रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस