वातावरण

साप्ताहिक कृषि-मौसम, साताभरि नै देशभर आँशिक देखि सामान्य बदली र वर्षा

काठमाडाैँ । आगामी साताको साप्ताहिक कृषि-मौसम जल तथा माैसम विभागले सार्वजनिक गरेकाे छ । उसका अनुसार साताभरि नै देशभर आँशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

उसले भनेकाे छ, "साताको शुरूमा देशको हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको र साताको मध्य तथा अन्त्यमा देशका हिमाली, पहाडी र तराईका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।"

हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तथा पहाडी र तराई भू-भागको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको उसले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत