म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध
- गाउँ सहर संवाददाता
- २५ असार शनिबार, २०७९ | ०७:१७:०० मा प्रकाशित
काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस