राप्रपाद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १८:१६:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई आइतबार पूर्णता दिएका छन् ।
अध्यक्ष लिङदेनले प्रवक्ता सगुन सुन्दर लावतीलाई विभागको सदस्य सचिव मनोनयन गरेका छन् ।
प्रवक्ता लावतीले जानकारी गराए अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यहरुमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप शाहलाई मनोनयन गरिएको छ ।
यसैगरी पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेम श्रेष्ठ विभागको आमन्त्रित सदस्य रहने निर्णय गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस