एनबी र नबिल बैंककाे सोमबारदेखि एकीकृत कारोबार
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | २१:३८:०० मा प्रकाशित
काठमाडौँ । एनबी बैंक नबिल बैंकमा एक्विजेशन हुन लागेसँगै सोमबारदेखि एकीकृत कारोबार हुने भएकाे छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुबै बैंकको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारको मिति तय गरेको हो । असार ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित थियो । सोमबारदेखि गाभिएर एकीकृत कारोबार हुन लागेको हाे ।
नबिलले एनबी बैंकलाई १००ः४३ शेयर अनुपातमा प्राप्ति गरेको हो । एनबीलाई प्राप्ति गरेसँगै नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड पुग्नेछ ।
हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ । १००ः४३ शेयर अनुपातमा एनबीलाई गाभ्दा नबिल बैंकको चुक्ता पूँजीमा ४ अर्ब २३ करोड रुपियाँ थपिने भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस