‘माधव नेपालले ढिलो वा चाँडो कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्नेछ’ : घनश्याम भुसाल
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ०९:०१:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।
नेत भुसालले नेपालको आलोचना गर्दै दोहोरो नीति लिएको भुसालको भनाइ छ ।
प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा माधवले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको उनको भनाइ थियो।
‘२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन,’ उनले आज फेसबुकमा लेखेका छन्, ‘ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।’
उनले अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई लत्याएको पनि आरोप लगाएका छन्।
‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका छन्।
माधव नेपाल एमालेमा हुँदा भुसाल उनीनिकट थिए। माधव एमालेमै हुँदा पार्टीका आन्तरिक समस्या समाधान गरेर जाने भन्दै २०७८ असार २७ मा कार्यदलले १० बुँदे सहमति गरेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस