गाउँ सहर

सिटिजन लाइफ धरान शाखाले ग-याे घातक राेग बापतकाे भुक्तानी

धरान । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी धरान शाखाले घातक राेग उपचार सुविधा अन्तर्गत रू. तीन लाख दाबी भुक्तानी गरेकाे छ ।

बीमित श्रीमती शुसिला तामाङले सिटिजन लाइफमा साे रकमकाे इन्स्याेरेन्स गरेकाेमा निज बीमित बीमा गरेकाे ८ महिनापछि नै घातक राेग अन्तर्गत स्थाइरूपले प्यारलाइसिस भएकाेमा कम्पनीले उनका श्रीमानलाइ साे रकमकाे चेक कम्पनी एरिया ब्रान्च मेनेजर रामबहादुर खत्री, धरान शाखा प्रमुख खगेन्द्र ताेलाङ, व्यावसायिक विकास संयाेजक जमुना चाैहान, एजन्सी मेनेजर केशरी राइ तथा अन्य लिडरहरूले हस्तान्तरण गरेका थिए ।

साे कार्यक्रममा बाेल्दै एरिया ब्रान्च मेनेजर खत्रीले दुःख र अभावकाे बेला सिटिजन लाइफ इन्स्याेरेन्समार्फत राहत प्रदान गर्दा सामाजिक हिसावले जनमानसमा सिटिजन लाइफप्रति गहिराे विश्वास बढेकाे बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत