प्रतिनिधि सभा
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १६:२०:०० मा प्रकाशित
काठमाडौँ । बलात्कार मुद्दामा हदम्याद बढाउने (यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभा बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।
पारित विधेयकमा बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेको तीन वर्षभित्र उजूरी दिन सकिने व्यवस्था गरिएको छ । यसअघि १८ वर्ष पूरा भएको एक वर्षभित्र उजूरी दिइसक्नुपर्ने व्यवस्था थियो ।
बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि बालिगले एक वर्षभित्र उजूरी दिइसक्नुपर्ने हदम्याद थियो ।
यस्तै अपांगता भएका व्यक्ति तथा वृद्धवृद्धाको हकमा पनि हदम्याद बढाएर तीन वर्ष पुर्याइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
प्रतिकृया दिनुहोस