खेल

नेपाललाई नामिबियाले ४० रनले हरायाे

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो ।

 नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।

यस हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ ।

नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । सिरिज अन्तर्गत अब नेपालले दोस्रो खेलमा आयोजक स्कटल्याण्डविरुद्ध बुधबार खेल्नेछ ।

त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत