प्रतिनिधि सभा
आज बस्ने प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक पेस गर्ने तयारी
- गाउँ सहर संवाददाता
- २९ असार बुधबार, २०७९ | ०९:२७:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पेस गर्ने उल्लेख गरिएको छ ।
आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत हुनेछ ।
नेपाल रेल्वे विधयक-२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका कार्यसूची पनि रहनसक्ने संसद सचिवालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस