संसदमा ‘एम अधिकारी’ काे चर्चा !
- गाउँ सहर संवाददाता
- २९ असार बुधबार, २०७९ | १२:३२:०० मा प्रकाशित
काठमाडाैं । बुधबार बसेकाे संसदमा ‘एम अधिकारी’ काे चर्चा भएकाे छ । शुन्य समय बाेल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एम अधिकारीकाे चर्चा गरेका हुन् ।
अहिले नेकपा (एमाले) ले अर्थ तथा योजना विभागमा सदस्य बनाएका व्यक्ति को हुन् भन्ने प्रश्न संसदमा पुगेको छ । एम अधिकारी खोटाङ भनेर राखिएकाे नाम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएकाे उनीहरूकाे दाबी छ ।
थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यंग्य गरेका छन् । माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने भन्दै छानबिन गर्न माग गरेकी छन् ।
‘गर्भनरजस्तो व्यक्ति नियम कानुनविपरीत कुनै पनि दलको विभागिय सदस्यको रूपमा रहँदा देशको र सरकारको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ', सांसद शर्माले भनिन्, 'अहिले अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइराखेको छ। अर्थतन्त्र बिग्रियो भनेर आरोप र प्रत्यारोपमा उत्रिएर कुनै व्यक्तिलाई अपराधी घोषणा गर्न खोज्दैछौं। यसले गम्भीर संकट ल्याएको छ' सांसद रेखा शर्माले भनिन् ।
शुन्य समयमा बोलेका कांग्रेस महामन्त्री थापाले मौद्रिक नीतिबारे गभर्नरलाई सुझाव दिएका छन् । अर्थतन्त्रलाई चलायमान हुने गरी मौख्रिक नीति आउनुपर्ने भन्दै उनले भने, ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस