अर्थतन्त्र
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर
- गाउँ सहर संवाददाता
- २९ असार बुधबार, २०७९ | २१:५१:०० मा प्रकाशित
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुई बैंकबीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् ।
नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एकयुजिशन नीतिको अनुसरण गर्दै दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल शाखा संख्या १८९ पुग्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
प्रतिकृया दिनुहोस