गाउँ सहर

चितुवाको आक्रमणमा परि काठमाडाैं मै पाँच जना घाइते

काठमाडौं । चितुवाको आक्रमणमा परि काठमाडाैं मै पाँच जना घाइते भएका छन् । काठमाडौंको नागर्जुनमा नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् ।

मध्यरातमा करिब १ बजे घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेपछि लखेट्न जाँदा चितुवाले आक्रमण गरेको वडाध्यक्ष सुरज कुमार पोखरेलले बताए ।

घाइतेहरुलाई उपचारको लागि राति नै मनमोहन अस्पताल लगिएको थियो । उनका अनुसार घाइते भएका पाँचजना मध्ये २ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार भइरहेको छ ।

उपचार भइइरहेको मध्ये हजुरआमाको अवस्था गम्भीर रहेको छ । कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा विरालो पस्यो भनेर बाबुआमालाई बोलाउन गएका थिए ।

विरालो भनेर धपाउन जाँदा चितुवाले हजुरआमा सानीमैया भट्टराई बुबा कुमार भट्टराई,आमा सरस्वतिलाई आक्रमण गरेको थियो । हल्लाखल्ला भएपछि पुगेका छिमेकी सुविन भट्टराई समेत घाइते भए ।

आमा सरस्वतीका हात भाँचिएको छ भने बुबा कुमारको घाटी र टाउँकोमा चोट लागेको छ । हजुरआमाको टाउकोमा चोट लागेर टाका लगाइएको छ । भने रामको हातमा चोट लागेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत