गाउँ सहर

बालेन्द्र शाहलाई ओलीले दिए तबला उपहार

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई तबला उपहार दिएका छन् ।

बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका मेयर शाहलाई ओलीले आफ्नै निवास बालकोटमा तबला उपहार दिएका हुन् । 

यसअघि शाहले काठमाडाैं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि ओलीलाई भेटेका थिए ।

मेयर शाहले अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्दै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत