अर्थतन्त्र
निराश लगानीकर्तालाई नेप्सेकाे ललिपप, बजार १४ दशमलब ७१ अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | १५:१०:०० मा प्रकाशित
काठमाडौँ । एकदिन स्वाट्टै घट्दै अनि दुइदिन थोरैथोरै बढ्दै गएको सेयर बजारमा बिहीबार १४ दशमलब ७१ अंकको वृद्धि देखिएको छ । ललिपप देखाएर लोभ्याएजस्तो बजार आज २ हजार एक दशमलब ५३ अंकमा रोकियो ।
आज २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ दशमलब ३५ रुपैयाँको कारोबार भएको छ । आज ११६ कम्पनीको वृद्धि देखिएको छ भने ५५ तल झरेका छन् । अन्य ११ कम्पनीमा कुनै परिवर्तन देखिएन ।
नेप्सेका अनुसार आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको भएको छ । यसको आज ३० करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस