उपसभामुख चयनका लागि आज निर्वाचन : पुष्पा र विद्याबीच प्रतिस्पर्धा
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | ०६:३२:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।
उपसभामुखका लागि सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विद्या भट्टराईलाई मैदानमा उतारेको छ ।
डा. शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ मा राजीनामा दिएपछि करिब साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।
उक्त बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन् ।
यस्तै, सांसद शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । सांसद कृष्णभक्त पोखेलले उक्त प्रस्तावको समर्थन गर्नेछन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।
गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक-एकजना सांसद छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस