राजनीति
भारत जाँदै प्रचण्ड
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | ०६:५९:०० मा प्रकाशित
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
उनी दिउँसो १ बजे नयाँदिल्लीतर्फ उड्ने बताइएको छ ।
भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउने बताइए पनि त्यो निश्चित भइसकेको छैन ।
सचिवालयका अनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
प्रचण्ड आउँदो आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
प्रतिकृया दिनुहोस