गाउँ सहर
सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सत्ता गठबन्धन बैठकमा सहमति
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | १३:०३:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ ।
पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले शुक्रबार बिहान बसेको गठबन्धन बैठकमा उक्त सहमति जुटेको जानकारी दिए ।
‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ ।,’’ उनले भने, ‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन आजै बस्ने संसद बैठकमा पेश हुन्छ ।’’
यता, गठबन्धन बैठक सकेलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए ।
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस