अर्थतन्त्र

आर्थिक वर्षकाे पहिलाे दिन लगानीकर्ता सुस्ताए, नेप्से सामान्य अंकले बढेपनि काराेबार रकम कमै

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक हरियाे भएर बन्द भएकाे छ । 

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अंक बढेर २०११.३९ विन्दुमा पुगेको छ । 

पछिल्लो केहीदिन यतादेखि निरन्तर रुपमा बढिरहेको शेयर बजार आज पनि बढेको हो ।

त्यस्तै, तर लगानीकर्ता भने यसदिन सुस्ताएका छन् । आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब २४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको शेयरमूल्य बढेको छ । आज मुल्य बढेको कम्पनीहरुमा राधी विद्युत्त कम्पनी, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंक रहेका छन् । राधी विद्युत्त कम्पनीको शेयर मुल्य ५ प्रतिशतले बढेको हो भने, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंकको शेयरमुल्य ४ प्रतिशतले बढेको हो । 

त्यस्तै प्रभु सेलेक्ट फण्ड संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशीको भएको छ । यसको आज ६ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।                           

गाउँ सहर संवाददाता

तपाईँको मत