राजनीति

उपसभामुख भुसालले लिइन् शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उनलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराएका हुन् ।

भुसाल गएको शुक्रबार प्रतिनिधिसभाको बैठकमा भएको मतदानबाट उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तित्वको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत