स्वास्थ्य

देशभर ह्वात्तै बढ्याे काेराेना, एक जनाको मृत्यु, १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा काेराेना भाइरस संक्रमण हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । 

साेमबार ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । कुल ४ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण गर्दा त्यो संख्यामा संक्रमित भेटिएका हुन् ।

२ हजार ३४१ जनाको पिसिआर र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्ने क्रममा उक्त संख्यामा संक्रमित भेटिएको हो ।

काठमाडौंमा १६३, भक्तपुरमा १० र  ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एकहजार ११३ पुगेको छ ।

आज देशभर रहेका एकहजार ७७६ जना सक्रिय संक्रमितमध्ये एकहजार ७०१ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत