गाउँ सहर

संस्थापन पक्षले अनिता विन्दुलाई प्रेस युनियनको अध्यक्षको उम्मेदवार बनायाे

  • ३ श्रावण मंगलबार, २०७९ | १३:०२:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेस संस्थापन पक्षले अनिता विन्दुलाई प्रेस युनियनको अध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ । साउन ६ र ७ गते हेटौँडामा हुने नवौँ महाधिवेशनमा कांग्रेसको संस्थापन पक्षले विन्दुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

संस्थापन पक्षले गठन गरेको पाँच सदस्यीय कार्यदलले मंगलवार अनिता विन्दुको नाम टुंगो लगाएको हो । संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाउन अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्साल रहेको कार्यदल बनाएको थियो । 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि विन्दुलाई अध्यक्षमा अघि बढ्न कार्यदलले सिग्नल दिएको छ । सरोज अधिकारीलगायतले पनि संस्थापन पक्षबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । 

नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता विन्दु नेपाल टेलिभिजनमा कार्यरत छन् ।

तपाईँको मत