सुस्त सुस्त बढ्दैछ दिनहुँ शेयरबजार, लगानीकर्ताकाे मनाेबल उच्च हुँदै
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १५:२३:०० मा प्रकाशित
काठमाडौं । शेयरबजार साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अंकले बढेर दुई हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १८.०३ अंकले बढेर दुई हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २९ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस