अर्थतन्त्र
एक उद्योगीले ६ सय करोडको सम्पत्ति दान दिए
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | २०:३१:०० मा प्रकाशित
काठमाडाैँ । भारत मुरादाबादका उद्योगपति डा. अरविन्द कुमार गोयलले आफ्नो सम्पूर्ण सम्पत्ति गरिबहरूका लागि दान गरेका छन् । दान गरिएको सम्पत्तिको मूल्य लगभग ६०० करोड भारतीय रुपैयाँ छ । गोयलले आफूसँग घर मात्र राखेका छन् । उनले ५० वर्षको मिहिनेतमा यो सम्पत्ति जाेडेका हुन् ।
व्यवसायी हुनुका साथै सामाजिक सेवामा समेत संलग्न रहेका डा. गोयलको सहयोगमा विगत २० वर्षदेखि देशभर सयौं वृद्धाश्रम, अनाथ आश्रम र निःशुल्क स्वास्थ्य केन्द्रहरू सञ्चालन भइरहेका छन् । यससँगै उनीहरुकै सहयोगमा सञ्चालित विद्यालयमा गरिब बालबालिकालाई निःशुल्क शिक्षा दिइँदै आएको छ । कोभिड लकडाउनमा पनि उनले करिब ५० गाउँका जनतालाई निःशुल्क खाना र औषधि उपलब्ध गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
- विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिकृया दिनुहोस