राजनीति

कांग्रेसमा देउवाले दिए यादवलाई प्रमुख सचेतक र विश्वकर्मालाई सचेतककाे जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् ।

सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् ।

 

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत