आजकाे शेयरबजार : नेप्से सामान्य अंकले बढ्याे, ८६ वटा कम्पनीको शेयरमूल्य बढ्या, ८७ वटाको घट्याे
- गाउँ सहर संवाददाता
- ४ श्रावण बुधबार, २०७९ | १५:४३:०० मा प्रकाशित
काठमाडौं । बुधबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.८९ अंक बढेर २०५०.५९ विन्दुमा पुगेको छ ।
गत साताको मंगलबारदेखि उकालो लागेको नेप्से परिसूचकले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । पछिल्लो ८ कारोबार दिनमा नेप्से परिसूचक १३४.९८ अंक बढेको छ ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ५.६९ प्रतिशतले बढेर प्रतिकित्ता २६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज लक्ष्मी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । कारोबारमा आएको लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस