पुबुदु दासानायकेले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पदबाट दिए राजीनामा
- गाउँ सहर संवाददाता
- ४ श्रावण बुधबार, २०७९ | १६:१५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।
स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ(क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले बुधबार मात्र खेलाडीहरूलाई जानकारी दिएका हुन् । बुधबार दिउँसो भने उनले औपचारिक पत्रकार सम्मेलन गरी राजीनामाको जानकारी दिएका हुन् ।
अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । टोलीको खराब नतिजाको कारण पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।
पहिलो कार्यकालमा सफल मानिएका दासानायकेको नेतृत्वमा दोस्रो कार्यकालमा भने नेपालले उल्लेख्य प्रदर्शन गर्न सकेन । फेब्रुअरीमा विश्वकप छनोटमा शीर्ष २ मा पर्ने लक्ष्य राखे पनि नेपाल तेस्रो भएको थियो ।
त्यस्तै विश्व क्रिकेट डिभिजन लिग २ मा यूएई, अमेरिका र स्कटल्यान्ड भ्रमण गरी नेपालले १२ खेल खेलेको थियो । त्यसमा नेपालले ४ जित, एउटा टाई र ७ वटामा हार बेहोर्यो । त्यस्तै उनको प्रशिक्षणमा मे महिनामा मलेसिया, पपुवा न्युगिनी संलग्न त्रिकोणात्मक शृंखला नेपालले जितेको थियो ।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो ।
नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए । उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए ।
उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस