वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढ्याे (भाडा दरसहित)
- गाउँ सहर संवाददाता
- ६ श्रावण शुक्रबार, २०७९ | १८:५५:०० मा प्रकाशित
काठमाडौं । वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ । मन्त्रिस्तरीय निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो ।
साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ ।
भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा भने २५ बाट बढेर २७, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटर भन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।
उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले भाडा वृद्धि गर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस