स्वास्थ्य

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

पाेखरा । पोखरा महानगरपालिका वडा नं.३० मा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ऊँ कारेश्वर शिव मन्दिर संरक्षण समितिको आयोजना र बार्बरा हेल्पिङ ह्याण्डको प्राविधिक सहयोगमा  जोर्नी तथा नशा रोगको निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो ।

कर्यक्रमकाे सुभारम्भ गर्दै वडा नं.३० का वडा अध्यक्ष दुर्गा सुवेदीले स्वास्थ्य शिविरमा रोगको पहिचानका साथ परामर्श सेवा समेत हुने  विश्वास व्यक्त गर्दै वडावासीहरु स्वास्थ्य रहुन भन्ने आफ्नो चाहना रहेको बताए । मानव जीवनमा धार्मिक निति नियम परम्पराले स्वास्थ्य बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा शिव मन्दिरको व्यवस्थापनका लागि वडाबाट आवश्यक सहयोग गर्ने पनि वडा अध्यक्ष सुवेदीले बताए ।

हाड जोर्नी तथा नशा रोग विशषेज्ञ डा. रविमोहन ढकालले जनतालाई स्वास्थयमा जागरुक बनाउने उद्धेश्यले विभिन्न सामाजिक संघ संस्थाहरुसाग समन्वय गरी पोखरा महानगरका ३३ वटा वडाहरुमा बार्वरा हेल्पिङ ह्याण्डले निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको  बताए ।  

डा. ढकालले रोग फोहोरबाट ५० देखि ६० प्रतिशत मानिसलाई फोहोरबाट सिर्जित हुने रोग लाग्ने बताउँदै आफ्नो टोल वरिपरि सरसफाईमा ध्यान दिनु जरुरी रहेको बताए । मानिसले रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुने बताउँदै स्वस्थ्य हुन हामी सबैले सरसफाइ, आहार विहार र व्यायममा ध्यान दिनुपर्ने बताए । 

उक्त शिविरबमा डा. ढकालले स्वास्थ्य शिविरमा परिक्षण गरेका विरामीहलाई बार्वर हेल्पिङ ह्याण्डा पोखरा ३० शिशुवामा १ महिना सम्म निशुल्क परामर्शका साथै स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।त्यस्तै असाय, अशक्त नागरिकहरुलाई पनि वडाको सिफारिसमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरे । 

यस्तै गरी पोखरा ३० का निवर्तमान वडा अध्यक्ष श्रीराम पोख्रेलले मान्दरमा गए पूजा गर्ने मात्रै धर्म नहुने बताउँदै मानव बचाउने कार्य ठूलो धर्म हुने बताए । यस्ता सामाजिक कार्यहरुमा सबै मिलेर गर्नुपर्ने बताउँदै मन्दिर व्यवस्थापनका लागि गर्नुपर्ने धेरै कार्यहरुको भएका पनि बताए । 

बेगनासताल धार्मिक पर्यटन क्षेत्र विकास समितिका उपाध्यक्ष मित्रलाल भण्डारीले स्वास्थ्य शिविर आयोजना गर्ने पवित्र कार्य भएको बताउँदै मन्दिर व्यवस्थापन समितिले गर्ने यस्ता सामाजिक कार्यहरुमा आफ्नो संस्थाबाट विगतमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । 

ऊँ कारेश्वर शिब मन्दिर संरक्षण समितिका अध्यक्ष रमानाथ पौडेलले स्वागत गर्दै समितिले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी दिंदे आफ्नो टोलवासीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना गराउने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । 

समितिका उपाध्यक्ष लिलामणी त्रिपाठीले मन्दिरलाई थप व्यवस्थित बनाउन वडाबाट सहयोगको अपेक्षा गरेका बताउँदै केही दिनमा नै योगा सञ्चान गर्ने जानकारी दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । समितिका सचिव केशव तिवारीले सञ्चालन गरेको कार्यक्रम समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।शिविरमा २०० बढीले सेवा लिएका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत