गाउँ सहर

झापामा तीनजना किशोरी मृत अवस्थामा फेला

झापा । झापामा तीनजना किशोरी मृत अवस्थामा फेला परेका छन् ।

उनीहरू घरमा परिवारलाई घुम्न जाने भन्दै शनिबार दिउँसो १२ बजे हिँडेका थिए । तर, आज बिहान उनीहरू तीनैजना कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले तीनजनाको मृत्यु आत्महत्याका कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।

प्रवक्ता पाठकका अनुसार कचनकवल गाँउपालिका–५, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी मृत भेटिएकी थिइन् ।

 

उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत