राजनीति

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताएका छन् । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उनले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताए ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात वर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताए । यो असमानता भएको पनि उनको भनाई थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत