अर्थतन्त्र

मुद्रास्फीति अपेक्षा सर्वेक्षणः  ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया यस्ताे छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको उसले बताएकाे छ ।

प्रस्तुत परिणामहरू ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेकाे बैंकले बताएकाे छ । उसका अनुसार अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएका छन् । ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा

गाउँ सहर संवाददाता

तपाईँको मत