यसरी नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायाे
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १९:५६:०० मा प्रकाशित
काठमाडौंँ । साफ यू-२० च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको हाे ।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका छन् । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाए पनि रिबाउण्डमा बललाई दिपेशले पोष्टको दिशा दिलाए ।
खेलको ५८ औं मिनेटमा सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै गोल गरे । ६२ औं मिनेटमा कृतिशले गोल गर्दै नेपाललाई ३९० को अग्रता दिलाए ।
६२ औं मिनेटमा माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा कृतिशले सहजै गोल गरे । खेलको इन्ज्युरी समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्ने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस