अर्थतन्त्र

शर्मामाथि छानबिन समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग दिउँसो छलफल गर्ने

काठमाडाैं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ । 

प्रहरीकोे फरेन्सिक ल्यावले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुजेट रिकभर भएको रिपोर्ट दिएको छ ।

मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएको निर्क्यौलका निम्ति संसदको विशेष छानबिन समितिले सिसिटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई बुझाएको थियो ।

रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझने रहेको समितिका एक सदस्यले जानकारी दिए ।

सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण शिलबन्दी गरेर समितिमा पठाएको थियो । त्यो विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो ।

प्रयोगशालाले असार १४ को विभिन्न क्लिप्स समितिलाई बुझाएको छ । त्यस दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ । साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन् ।

उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए ।

समितिका सचिव सुरेन्द्र अर्यालले पनि प्राविधिक विषयमा प्रस्ट हुनका निम्ति समितिले विज्ञहरूलाई बोलाएको बताए ।

फुटेज नबुझेपछि समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग आजै दिउँसो छलफल गर्ने भएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत